अव्यबस्थित र सुकुम्बासी बस्तीमा महेशमान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अव्यबस्थित र सुकुम्बासी बस्तीमा महेशमान



रुपन्देही नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २(२)का प्रदेश सभा उम्मेदवार महेशमान सिंह सुकुम्बासी बस्तीका मतदातासंग मत माग्नु भएको छ ।

बुटवलका बिभिन्न संघसंस्थाहरुको कुशल नेतृत्व सम्हाल्नु भएका महेशमान बुटवल उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँले आफूले चुनाव जितेको खण्डमा अव्यबस्थित रुपमा रहेको सुकुम्बासी समस्या अन्त्य गर्ने वाचा सहित सुकम्बासी बस्तीमा मत माग्न पुग्नु भएको हो ।

पुरानो बुटवलको सुकुम्बासी बस्तीमा बुधबार मतमाग्न पुग्नु भएका उम्मेदवार सिंहले बोलेर नभई आफूले व्यबहारमा सुकुम्बासी समस्या समाधान गर्ने बताउनु भयो । नेपाली काँग्रेसको मुख्य ध्येय नै सुकुम्बासी समस्या समाधान गर्ने भएकाले बुटवललाई समृद्ध मुलुक बनाउनकालागि पनि आफूले सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

सुकम्बासी बस्तीमा बसोबास गर्ने जनतालाई सुरक्षित बासकालागि पुर्जा, खानेपानी, बिद्युत लगायतका बिकासका पूर्वाधार समेत आवश्यक भएकाले त्यसकालागि आफूले योजनावद्ध रुपमा बैज्ञानिक ढंगले व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुधबार नेता सिंह बुटवल उपमहानगरपालिकाको वडा नं. २ को सुकुम्बासी बस्तीमा घरदैलोमा हुनुहुन्थ्यो ।