महेश बस्नेतले भने: किसान श्रेष्ठसँग सति जान सक्दिन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

महेश बस्नेतले भने: किसान श्रेष्ठसँग सति जान सक्दिन



काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा केपी ओली समुहका नेता महेश बस्नेतले किसान श्रेष्ठसँग सति नजाने बताएका छन् । ओलीको साथ् छाडेर नेपाल समूहमा लागेने तयारी गरेको चर्चा भैरहेका बेला उनले यस्तो बताएका हुन् ।

नेता बस्नेतले केपी ओली समूह छोडेर माधव नेपालतिर लाग्ने कुनै सम्भावना नभएको समेत बताएका छन् । नेपाल समूहमा लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बस्नेतको भनाई छ।

ओली समुहका केहि नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा बस्नेतका अत्यन्त नजिक मानिने किसान श्रेष्ठले पनि मत दिएका थिए । त्यसैलाई जोडेर केही मिडियाले श्रेष्ठले ओली समूह छाडेकाले अब महेश बस्नेतले पनि त्यो समूह छाड्न लागेको समाचार सम्प्रेषण गरेका थिए ।

त्यसैप्रति संकेत गर्दै बस्नेतले आफू सति जान नसक्ने प्रतिक्रिया दिएका हुन् । यस बिषयमा बाहिर ब्यापक चर्चा भैरहेका बेला उनले स्पष्ट पारेका छन् ।

‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, उनले ट्वीटरमा लेखेका छन्, ‘केही मिडिया किन रमाएका हुन्?’

३ साउनमा शेरबहादुर देउवाले संसदमा विश्वासका मत लिँदा ओली खेमाका सांसद श्रेष्ठसँगै ८ जनाले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए।