गठबन्धनले संसद विघटन गर्न लागेको महेश बस्नेतको दाबी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गठबन्धनले संसद विघटन गर्न लागेको महेश बस्नेतको दाबी



काठमाडौं- नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सत्ताधारी गठबन्धन संसद विघटन गर्ने तयारीमा रहेको बताएका छन् । उनले गठबन्धनमा ठूलो समस्या उत्पन्न भैसकेकाले संसद विघटन गर्न लागेको बताएका हुन् ।

पूर्वमन्त्री बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति समेत दिए । हालै एक टेलिभिजनसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार र गठबन्धनको विरोधमा आम जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले अहिलेको गठबन्धन कुहिएको फर्सीजस्तै भएको उल्लेख गर्दै एमालले चाह्यो भने एक दिनमै गठबन्धन टुट्ने बताए । उनले सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र) भित्र ठूलो समस्या रहेको सुनाए । उनले अहिले बहालवाला मन्त्रीहरु ज्यान जाला पद छोड्नेवाला नरहेको र अर्को समूह मन्त्रीहरु बन्नको लागि तयार भएर बसेको सुनाए ।

कांग्रेसभित्र पनि नयाँ मन्त्री बन्नको लागि नेताहरु तयार रहेको बस्नेतको सुनाए । सरकारले हतार हतारमा बजेट पास गर्नुको कारणपनि सत्ता दलभित्रै समस्या उत्पन्न भएको प्रमाण भएको उनको भनाई छ । उनले अहिलेको गठबन्धन परि आए संसद् विघटन गर्नेसम्मको तयारीमा जुटेको खुलासा गरे ।

पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको भन्दै आगामी निर्वाचनसम्म यो गठबन्धन नजाने उनको दाबी थियो ।