इण्डिया गेट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इण्डिया गेट



इण्डिया गेटमा

देख्यौ ती केही बहादुर गोर्खाका नाम ?
ती नाम कुँदिएका पत्थरहरूबाट
झरिरहेछ आज पनि पसिना र आँसु
र बजार्रिइरहेछ तातो फलामका छातीहरूमाथि
जहाँ खस्नासाथ
वाफ बनेर उडिदिन्छ
अज्ञात आकाशको सुदूर किनारतिर ।