महिला हिंसा अन्त्य गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महिला हिंसा अन्त्य गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र



पूजा पन्थी : बुटवल । महिला अधिकारकर्मीहरुले महिला हिंसा न्युनीकरणको लागि छाता कानून बनाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारसमक्ष आग्रह गरेका छन् ।

महिला मानव अधिकार रक्षकहरुको पाँच नम्बर प्रदेश स्तरीय महिला मञ्चले हिजो मुख्य मन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै जनचेतनाका कार्यक्रमले मात्र महिला हिंसा न्युनिकरण नहुने बताए ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी सचिव एवं प्रदेश स्तरीय महिला मञ्चकी संयोजक लक्ष्मी आचार्यको नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै कानून निर्माणमा लैंगिक पक्षलाई ध्यान दिन आग्रह गरिएको हो ।

प्रादेशीक महिला मञ्चले फागुन ३, ४ र ५ गते दाङको तुल्सीपुरमा १२ वटै जिल्लाका महिला जनप्रतिनिधिहरुको सहभागीतामा घोषणाा पत्र र आचारसंहिता जारी गरेको थियो ।

ध्यानाकर्षण पत्रका साथमा मुख्यमन्त्रीलाई उक्त घोषणा पत्र र आचारसंहिता समेत बुझाइएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले महिलाकै हितमा प्रदेश सरकारले काम गने बताए ।