अर्घाखाँचीमा बाम गठबन्धन सङ्ग आबद्ध महिला सङ्गठनको संयुक्त भेला सम्पन्न ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँचीमा बाम गठबन्धन सङ्ग आबद्ध महिला सङ्गठनको संयुक्त भेला सम्पन्न !



कमल बिस्ट /मङ्सिर ४

एमाले निकट अखिल नेपाल महिला सङ्घ र माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी वाम गठबन्धनको संयुक्त महिला संगठनहरुको संयुक्त बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघकि जिल्ला अध्यक्ष विष्णु आचार्यको अध्यक्षता, अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बिजुला रायमाझी , अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी प्रदेश उपाध्यक्ष छमकुमारी खनाल चिनारी को आतिथ्यता, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकि केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कमला भण्डारी भुसालको सन्चालनमा सम्पन्न बैठकले विभिन्न जिम्मेवारी बाडफाड गरेको छ जस अनुसार कमला भण्डारी भुसाल संयोजक र माया भुसाल सह संयोजक रहेको ३९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ, जसमा दुवै सङ्गठनका सचिवालय सदस्यहरू रहेका छन् , त्यस्तै विष्णु आचार्य संयोजक बिमला घिमिरे सह संयोजक रहेको ३१०० सदस्य रहेको प्रचार प्रसार समिति गठन गरिएको छ जसमा सम्पूर्ण महिला समितिमा रहेका सदस्यहरू रहेका छन् ।

त्यसै गरी जिल्लाका ६ वटै पालिकाहरुमा समेत जिम्मेवारी बाडफाड गरेको छ जस अनुसार सन्धिखर्क नगरपालिकामा शुशिला गैरे संयोजक र शारदा खनाल सह संयोजक , भुमिकास्थान नगरपालिकामा सुनिता भुसाल संयोजक र शर्मिला पोख्रेल सह संयोजक, शितगङ्गा नगरपालिकामा गीता भाट संयोजक र सीता अधिकारी सह संयोजक, मालारानी गाउँपालिकामा सीता पन्थी संयोजक र सरस्वती खनाल सह संयोजक, छत्रदेव गाउँपालिकामा मनि पन्थी संयोजक र बिष्णुमाया रायमाझी सह संयोजक र पाणिनी गाउँपालिकामा माया भुसाल संयोजक र बिमला घिमिरे सह संयोजकको जिम्मेवारी तोकेको छ, बैठकले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष , बाम गठबन्धनका शीर्ष नेता पुस्पकमल दाहालका एकमात्र सुपुत्र प्रकाश दाहाल प्रति श्रद्धाञ्जली र परिवारजनमा समबेदना प्रकट गरेको छ ।