ब्युटीपार्लर व्यवसायी महिलालाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ब्युटीपार्लर व्यवसायी महिलालाई कोरोना संक्रमण



काठमाडौं- नेपालमा कोरोना संक्रमण अत्यधिक फैलने लक्षण देखिएको छ । प्रहरी, पत्रकार, सांसद, ब्यापारी जस्ता समाजमै बढी घुलमिल हुनेहरूलाई पछोल्लो समय संक्रमण बढेकाले भयाबह हुने अवस्था देखिएको छ ।

यस्तै गोरखामा एक ब्युटीपार्लर ब्यबसायीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ पनि त्रासको वातावरण बनेको चाह । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक ब्युटीपार्लर व्यवसायी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ वर्षकी ती महिलाको सोमबार रिपोर्ट आएको र उनि केहिदिन अगाडी काठमाडौंबाट गोर्खा पुगेको खुलेको छ । गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षकले समेत संक्रमण भएको पुष्टि गरेका छन् ।

साउन १५ गते साथीहरुसँग काठमाडौंबाट उनि गोरखा पुगेको बुझिएको छ । उनको नागढुङ्गामा स्वाब संकलन गरिएको बताइएको छ ।

कोरोना संक्रमण देखिएपछि गोरखामा सम्पर्कमा आएका मानिसहरूको खोजि भैरहेको छ । संक्रमितलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा राखिएको छ ।