परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै बुबा र दाजुद्वारा हत्या - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भन्दै आफ्नै बुबा र दाजुद्वारा हत्या



महोत्तरी ,साउन १६ । 

गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा गत मंगलबार मृत फेला परेकी महिलालाई उनकै बुबा र दाजुले हत्या गरेको प्रहरीले जनाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनले विभिन्न परपुरुषसँग अनैतिक सम्बन्ध राखेको कारण आफ्नै बुबा र दाइले मारेर फालेको प्रहरीले बतायो ।

अन्दाजी वर्ष २५ की सन्तोलियाकुमारी महतोको परियोजनाको जंगलको खोल्सामा शव फेला परेको थियो । उनको हत्या बाबु शिवु भन्ने शिवजी महतो र दाजु विनोदकुमार महतोले गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।