महिला संघमा रेग्मी विजयी (सूचीसहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

महिला संघमा रेग्मी विजयी (सूचीसहित)



१ असोज , काठमाडौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष चयन भएकी छिन् ।

शुक्रबार राति सकिएको मतदान लगत्तै भएको मतगणनामा उनले जित हात पारेकी हुन् । रेग्मी शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधरको संयुक्त प्यानलकी उमेदवार हुन् ।

उनले नेता रामचन्द्र पौडेल पक्षधर उमेदवार मिना पाण्डेलाई पराजित गरिन् । रेग्मीले ९९८ मत ल्याएकी थिइन् भने पाण्डेले ७९७ मत ल्याएकी थिइन् । त्यस्तै महासचिवमा पनि संस्थापन  प्यानलकी धना खतिवडा र कोषाध्यक्ष जानकी सिंहले जित हात पारेका छन् ।

मतदानमा कूल १८१४ मत खसेको थियो । ५६ उमेदवारका लागि झन्डै डेढ सयको उमेदवारी परेको थियो ।mahilasang-1 mahilasang-2 mahilasang-3