मोहम्मद डेमा धार्मिक दंगा हुदा , एकको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोहम्मद डेमा धार्मिक दंगा हुदा , एकको मृत्यु



हिमाल पोष्ट / २९ मंसिर, काठमाडौं । बाँकेको मटेहियामा हिन्दू र मुस्लिम समुदायबीच दंगा भड्काउने प्रयास भएको छ । दुई पक्षका बीच सोमबार राति झडप हुँदा एकको मृत्यु भएको छ ।

नेपाल समाचारपत्र दैनिक लेख्छ- मोहम्मद डे मनाउने क्रममा भएको झडपमा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मटेहियाको भगवानपुरमा पुगेको मोहम्मद डेको जुलुुस र स्थानीय युवाकाबीच झडप भएको थियो । झडपमा नरैनापुरका मुनिजर खाँको मृत्यु भएको छ ।

मटेहियामा यसअघि पनि धेरैपटक यस्ता झडप भइसकेका छन् । सम्भावित घटनालाई ध्यानमा राखेर नेपालगञ्जबाट २५ जना प्रहरी बिहानै पठाइएको थियो । प्रहरीले तत्काल लाठी चार्ज र हवाइ फायर गरेर भगाएपछि घटनाले उग्ररुप लिन पाएको थिएन । प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियो ।

त्यसलगत्तै जिल्लाबाट एसपी टेकप्रसाद राई र सशस्त्रका एसपी राजु अधिकारीको नेतृत्वमा ठूलो फौज घटनास्थलमा पुगेको थियो । एसपीको टोली रातभरि नै त्यहीँ खटिएको छ । रातिदेखि नै प्रहरीले त्यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाएपछि थप अपि्रय घटना हुन पाएन ।