१५ बर्षिया किशोरी मैना सुनारको हत्या अभियोगमा महासेनानी र सहसेनानीलाई जन्मकैद - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१५ बर्षिया किशोरी मैना सुनारको हत्या अभियोगमा महासेनानी र सहसेनानीलाई जन्मकैद



काभ्रे,बैशाख ४

 

सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ बर्षीया किशोरी मैना सुनारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ ।

माओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जनाको सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो ।

जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।