मैथिली साहित्यकार महाकवि विद्यापतिको ५६९ औँ जन्मजयन्ती सम्पन्न । - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मैथिली साहित्यकार महाकवि विद्यापतिको ५६९ औँ जन्मजयन्ती सम्पन्न ।



ओम प्रकाश बानियाँ/ दोहा ,कतार 

कतारमा स्थापित साहित्यिक संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा  मैथिली साहित्यका धरोहर महाकवि विद्यापतिको ५६९ औँ जन्मजयन्ती घुमधामका साथ मनाईएको छ ।

दोहामा अवस्थित टपफर्म रेस्टुरेन्टको सभा हलमा हरेक महिनाको दोस्रो शुक्रबार हुने कार्यक्रममा यो महिना महाकवि विधापतिको सम्झनामा उक्त कार्यक्रम गरिएको हो । सो कार्यक्रमको बिशेष श्रोतामा मैथिली समुदायका पेशाले ईन्जिनियर सतेश कुमार यादव हुनुहुन्थ्यो । अनेसास नवोदितको ७६ औं डबली र साझक चौपाडीको २६ औं मासको दिन उक्त कार्यक्रम सन्चालन गरिएको थियो ।

कार्यक्रममा विभिन्न गजलकारहरु द्वारा गजल तथा कविहरुले कविता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा समाजसेवी चानक पोख्रेल, कवि तिर्थ संगम राई, नेपाली फिल्म निर्देशक एबम इन्फा अध्यक्ष दिपक श्रेष्ठ, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम बिन्देस्वर ठाकुर द्वारा सन्चालन गरिएको थियो ।