मैत्रीपुर्ण खेल : कलाकार र घोडाघोडी अस्पताल विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मैत्रीपुर्ण खेल : कलाकार र घोडाघोडी अस्पताल विजयी



विशाल पाण्डेय / सुखड ।
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएको मैत्रीपुर्ण खेलमा कलाकारको टिम विजयी भएको छ । सुुुखडको खेल मैदानमा सम्पन्न भएको खेलमा घोडाघोडी पत्रकार समूहलाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै कलाकारको टिम विजयी भएको हो ।

जितको लागि कलाकारका तर्फबाट कृष्ण धामी , मनिष खड्काले समान एक/ एक गोल गरेका थिए भने नरेश एम सि ले दुई गोल गरेका थिए ।

त्यस्तै आज नै सम्पन्न भएको घोडाघोडी अस्पताल सुखड र लालरत्न अस्पताल लम्की बिचको मैत्रीपुर्ण खेलमा घोडाघोडी अस्पताल विजयी भएको छ । लालरत्न अस्पताललाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै घोडाघोडी अस्पताल विजयी भएको हो ।

जितका लागि घोडाघोडी अस्पतालको तर्फबाट डा. धर्मेन्द्र केसिले एक गोल गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा हाफ भन्दा अगाडी डाक्टर केसिले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि सुरु भएको खेलमा आयोजक घोडाघोडी क्लब र सहारा क्लब पहलमानपुर बिच असोज ९ गते प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक घोडाघोडी क्लब सुखडले स्टार सिटि धनगढीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनल हुन भन्दा पहिला खाली रहेको समयमा विभिन्न टिमको मैत्रीपुर्ण खेल चलिरहने आयोजकले जनाएको छ ।

प्रथम आमन्त्रित घोडाघोडी कप प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।

पत्रकार समुहलाई जर्सी सहयोग

कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको भिजन हस्पिटल प्रा. लि ले घोडाघोडी पत्रकार समुहलाई जर्सी सहयोग गरेको छ । मंगलबार अस्पतालका प्रबन्धक निर्देशक ललित रावलले पत्रकारहरुलाई १५ थान जर्सी हस्तान्तरण गरेको हुन् ।

‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिता संचालन भइरहेको सन्दर्भमा खेल भावनाको विकास एवम् सामाजिक उत्तरदायित्व वहन गर्दै जर्सी सहयोग गरिएको रावलले बताए ।