बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुगोस्ः राष्ट्रपति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुगोस्ः राष्ट्रपति



काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सो पर्वको अवसरमा राष्ट्रपतिले आज शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

सन्देशमा तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडी लगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने उल्लेख छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताउनुभएको छ ।
सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि होओस्ः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवम् नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । रासस