रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली विमानस्थल बाटै फर्काइए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली विमानस्थल बाटै फर्काइए



मंसिर १२,काठमाडौं। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् ।

मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि तीन दिनसम्म विमानस्थलमै अलपत्र रहेका थिए । मलेसियाको अध्यागमन विभागले तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो ।

उनीहरु काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालिमार्फत मलेसिया पुगेका थिए ।

यसरी फर्काइएकामा अधिकांश मधेसका छन् । उनीहरुले जनही १ लाख १० हजार रुपैयाँ स्थानीय एजेन्टलाई बुझाएपछि म्यानपावरमार्फत भिसा पाएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालकमध्येका एक नरेश गेलालले कम्पनीले आवश्यक कागजात क्लियर गर्न नसकेका कारण कामदार फर्किनु परेको बताए । उनले कामदारलाई काठमाडौं कै होटलमा राखिने र कम्पनीले आवश्यक कागजात तयार गरेपछि फेरि मलेसिया पठाइने दावी गरे । –कान्तिपुर दैनिकबाट