अब मलेसियामा कामदारको ज्यान गए आफन्तले आजीवन तलब पाउने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अब मलेसियामा कामदारको ज्यान गए आफन्तले आजीवन तलब पाउने



काठमाडौं- मलेसियाको मानव संशाधन मन्त्रालयअन्तर्गतको एक विभागले विदेशी कामदारलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ।

सो मन्त्रालय अन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक रुपमा गर्ने योगदानमा आधारमा सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको हो ।

यो व्यवस्थाले अब मलेसियामा काम गर्ने विदेशी कामदारले ‘ड्युटी आवर’मा ज्यान गुमाए मृतकका आफन्तले आजीवन तलब पाउने भएका छन्। सन् २०२० को जनवरीदेखि यो व्यवस्था सम्पूर्ण विदेशी कामदारका लागि कार्यान्वयनमा ल्याइएको छ।

श्रमिकको सामाजिक सुरक्षाका लागि भएको यो व्यवस्थाअनुसार ‘ड्युटी आवर’मा श्रमिकले ज्यान गुमाए परिवारजन (आमा, बुवा, श्रीमती र २१ वर्ष नपुगेका छोराछोरी मात्र)ले मासिक तलबको ९० प्रतिशत रकम मासिकरुपमा आजिवन पाउने छन्।

दुर्घटनामा परी केही समयका लागि काम गर्न नसक्ने (टेम्पोररी डिजाबेलमेन्ट) भएमा आर्थिक सहायता (टेम्पोररी डिजाबेलमेन्ट बेनिफिट) र आजीवन काम गर्न नसक्ने भएमा आजीवन पर्मानेन्ट डिजाबेलमेन्ट बेनिफिट प्राप्त गर्ने पनि व्यवस्था छ।

मृतकको दाहसंस्कार मलेसियामै हुनेका हकमा आफन्तले २ हजार मलेसियन रिङ्गिटसम्म खर्च पाउने र नेपाल ल्याउनु परे ६५ सय मलेसियन रिङ्गिटसम्म उद्धार खर्च पाउने व्यवस्था छ।

यसैगरी श्रमिक विरामी भएमा उपचार खर्च पनि पाइने व्यवस्था छ। यो सुविधाका लागि रोजगारदाता कम्पनीले विदेशी कामदारलाई दिने गरेको मासिक तलबको १.२५ प्रतिशत मासिकरुपमा एसओसीएसओमा जम्मा गर्नुपर्ने छ।