भारतीय हेपाहा नीतिलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको आरोप:माले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय हेपाहा नीतिलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको आरोप:माले



६ असोज, काठमाडौं । नेकपा मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिको विरोध गरेको छ ।

मालेको आज बसेको स्थायी कमिटी बैठकले भारत भ्रमणका क्रममा जारी गरिएको २५ बुँदे संयुक्त विज्ञप्तिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्तामाथि गम्भीर आघात गरेको भन्दै भत्र्सना गरेको हो ।

बैठकपछि पार्टी अध्यक्ष सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा  भनिएको छ, ‘संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसँग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुष्प्रयास भएको छ ।’

मालेले नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको संयुक्त अनुगमन तथा सुपरिवेक्षण गर्ने नाममा नेपालप्रतिको भारतीय हेपाहा नीतिलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको आरोप लगाएको छ ।

भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठहर्‍याउदै प्रधानमन्त्री प्रचण्डले आन्तरिक मामलामा बाहृय शक्तिलाई प्रवेश गराउने र देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुर्‍याउने काम गरेको मालेले आरोप लगाएको छ ।