तीन महिनाअघि मलेसिया गएका दुलाल मृत भेटिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तीन महिनाअघि मलेसिया गएका दुलाल मृत भेटिए



काठमाडौं- मलेसियामा एक नेपाली मृत भेटिएका छन् ।

तीन महिनाअघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका फाल्गुनन्दका हेमलाल दुलालको मृत्यु भएको छ।

फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका दुलाल सुतेकै ठाउँमा मृत भेटिएको बताइएको छ।

दुलाल यसअघि पनि पटक-पटक वैदेशिक रोजगारीमा गएर फर्किएका थिए । पछिल्लो पटक गत असोज १६ गते उनि मलेसिया पुगेका थिए।

हृदयघातका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। उनका एक श्रीमती,एक छोरा र एक छोरी छन्।