मलेसियामा मजदुर दिवसको दिन युनिक धमाका हुँदै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मलेसियामा मजदुर दिवसको दिन युनिक धमाका हुँदै



समीर प्रकाश पाण्डे/चैत्र २१ 

मजदुर दिवसको अवसर पारेर आयोजना गरियको युनिक धमाका ५ मलेसियामा फेरी आयोजना हुने भएको छ । चाइनिज नयाँ वर्षमा युनिक धमाका ४ अत्यन्तै चर्चा र विवादमा पनि रहयो ।

यस पालीको कार्यक्रम पनि अत्यन्तै रमाइलो रहने बिश्ववाश धेरै ले गरेका छन् । यसपालि धमाका ५ मा आप्नो प्रस्तुति दिने कलाकार नव प्रतिभा भएता पनि स्टेज प्रस्तुतिका लागी राम्रा मानिएकाले दर्शकले रुचाउने कार्यक्रम सल्लाहकार नवीन खडकाले जानकारी दिनु भयो ।

कार्यक्रममा ओइ ज्योति ओइ ज्योति देउन एक चोटिबाट चर्चा र विवादमा आयका गायक रोशन सिङ ,पप गीत हाउडेमायाबाट बजारमा स्थापित भयकी लोक पप गायिका सृजना खत्री (हाउडेमाया) ,अहिले कि व्यस्त डान्सर / मोडल हेमा ढुंगाल, मलेसियाका स्टेजमा लोक प्रिय गायक तथा सन्चारकर्मी प्रकाश योगि तथा थुप्रै स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक भीम सेन केसीले जानकारी दिनु भयो ।

कार्यक्रम मे १ रिभर भ्युको हल र ७ तारिक सप्तरंगीको हलमा सन्चालन हुने छ सबै लाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारी दिन हुन आयोजक रमेश अस्तानीले आग्रह गर्नु भयो ।हाम्रो तर्फबाट कार्यक्रम सफलताको अग्रिम शुभकामना ।