ममता बनर्जीको सरकारले दियो जनतालाई निःशुल्क बिजुली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ममता बनर्जीको सरकारले दियो जनतालाई निःशुल्क बिजुली



एजेन्सी- भारतको नयाँ दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अब सरकारले निःशुल्क बिजुली दिने घोषणा गरेको छ ।

आफ्नो फैसलामा पश्चिम बंगालको ममता सरकारले तीन महिनामा ७५ युनिट विद्युत् खपत गर्नेलाई विद्युत् निःशुल्क गर्ने जनाएको हो ।

दिल्लीको केजरीवाल सरकारले चाहिँ २ सय युनिटसम्म बिजुली निःशुल्क गरिरहेको छ ।

केही दिनअघि त्यहाँ भएको विधानसभा निर्वाचनमा यसबारे खुबै चर्चा भएको थियो ।

ममता बनर्जीको सरकारले पनि आफ्नो बजेट विधानसभामा पेश गर्दै यो घोषणा गरेको हो ।

उता, झारखण्डमा पनि दिल्लीको जस्तै घरेलू उपयोगका लागि निःशुल्क बिजुली दिने तयारी गर्न थालिएको छ ।