मनाङमा एमालेको ईतिहासमै पहिलो जीत-नेस्याङ गाउँपालिकामा पनि सबै वडामा एमाले बिजयी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मनाङमा एमालेको ईतिहासमै पहिलो जीत-नेस्याङ गाउँपालिकामा पनि सबै वडामा एमाले बिजयी



  जेठ १ मनाङ

 

स्थानिय तह निर्वाचनमा मनाङ जिल्लामा एमालेले ईतिहासमै पहिलो जीत हासिल गरेको छ । यसअघि मनाङको चामे गाउँपालिकामा एमालेका डम्बर बहादुर घले बिजयी भएकोमा पछिल्लो मतपरिणाम आउँदा नेस्याङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा एमालेले नै बिजय हासिल गरेको हो ।

मतपरिणम अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर प्रतिद्वन्दीलाई हराईन् ।

कान्छा घलेका प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् भने मिंखु गुरुङले पनि कांग्रेसकी छिरिङ ओङमा गुरुङलाई १०७ मतले पछि पारेकी हुन् ।