मान्छेभन्दा लामो तरबार सहित टोले गुण्डा पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मान्छेभन्दा लामो तरबार सहित टोले गुण्डा पक्राउ



चितवन । पूर्वी चितनवको रत्ननगर नगरपालिका वडा नं. ९ को मोहना बुद्धचोकमा एकजना युवकलाई तरबर प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

१९ वर्षीय बस्नेतले किरण घिमिरेलाई मोटर साइकलमा आइरहेको बेला माघ १० गते बुद्धचोकमा तरबार प्रहार गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनका प्रमुख दयानिधि ज्ञवालीले जानकरी दिएका छन् । ‘सञ्जीत बस्नेतलाई तरबार प्रहार गरेको अबस्थामा किरण घिमिरेलाई पक्राउ गरेका छौं’, उनले भने, ‘पुरानो झैझगडा र रिसिइबीमा तरबार प्रहार गरेको देखिन्छ । यस विषयमा अनुसन्धान जारी छ । तरबारसहित मान्छे पक्राउ गरिएको छ ।’

मान्छेभन्दा लामो तरबार बोकेर पुगेका बस्नेतले तरबार प्रहार गर्दा आफै हल्लिएका थिए । तैपनि बस्नेतले घिमिरेमाथि तरबर प्रहार गरेको प्रहरीले जनाएको छ । बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको थियो । बस्नेतले स्थानीय रुपमा डरधम्की र तर्साउने कार्य गर्दै आएको स्थानीयको भनाइ छ ।

घटनाको सूचना थाहा पाएपछि तत्काल पुगेको प्रहरीले तरबार प्रहार गर्ने बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरेको डिएसपी ज्ञवालीले जानकारी दिएका छन् ।