मङ्सिर १५ भित्र दुवै चुनाव सक्न सहमति जुट्यो ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मङ्सिर १५ भित्र दुवै चुनाव सक्न सहमति जुट्यो !



 

काठमाडौँ , साउन ३२ |

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आगामी मङ्सिर १५ गतेभित्र प्रदेश र सङ्घको दुवै चुनाव सम्पन्न गर्न सहमत भएका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मङ्सिर १५ भित्रै सम्पन्न गर्ने शाहअंअती भएको हो ।

अब निर्वाचन आयोग सँग छलफल गरेर चुनावको तय गरिने छ, बैठकमा सहभागी एक नेताले भने ।

भदौ ४ भित्र संविधान संशोधन संसद्मा निर्णयार्थ पेस गर्ने र चुनावको मिति पनि घोषणा गर्ने सहमति भएको बताइएको छ ।

बैठकमा एमाले अध्यक्ष के पी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी थिए ।