मंसिरदेखि एउटै लिखित परीक्षाले तीनपटक सवारी ‘ट्रायल’को मौका - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मंसिरदेखि एउटै लिखित परीक्षाले तीनपटक सवारी ‘ट्रायल’को मौका



२५ कात्तिक, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि पटक-पटक लिखित परीक्षा दिएर हैरान हुनुभएको छ ? लगातार ट्रायलमा फेल भएका कारण हैरानी खेप्नेहरुलाई खुसीको खबर छ, अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने भएको छ ।

मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुँदैछ । मंसिरदेख अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भएपनि ३ पटकसम्म आफुलाई प्रमाणित गर्ने अवसर मिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डले जानकारी दिए ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ ।

यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।
संशोधनमा लिखित परीक्षा पास गरेकाहरुे ९० दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ । अहिले ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् ।

यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएकाले नियमावलीमा संशोधन गरिएको प्रवक्ता डा. पाण्डेले जानकारी दिए । नयाँ व्यवस्थाअनुसार ३ पटकसम्म पनि ट्रायल फेल भएकाले फेरि लिखित परीक्षा दिनुपर्नेछ ।