मञ्जु पौडेलको होली गीत, स्नेहा पनि भिडियोमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मञ्जु पौडेलको होली गीत, स्नेहा पनि भिडियोमा



काठमाडौं- चर्चित गायिका तथा सञ्चालिका मञ्जु पौडेलले होली पर्वमा होली विषेश गीत बजारमा ल्याएकी छन् । नेपालीहरूको खुशीको पर्व होलीमा आफ्नै युट्युब च्यानलबाट मञ्जुले यो गीत सार्वजनिक गरेकी हुन् ।

लामो समयदेखि लोकसंगीत र उद्घोषण क्षेत्रमा क्रियाशिल मञ्जुले यसपटक नयाँ शैलीको होली गीत ल्याएकी हुन् । यससँगै लामो समयको अन्तरालपछि यस गीतमा उनकै छोरी स्नेहा अभिनयमा फर्किएकी छन् ।

अभिनयमा स्नेहालाई नायक प्रज्वल सुजल गिरीले साथ दिएका छन् भने अनुस्का अधिकारीलाई आर्शु महर्जनले साथ दिएका छन् ।

कोरोना भाइरसले थलिएको सांगीतिक बजार चलायमान बन्दैगर्दा ल्याइएको उक्त गीतमा मञ्जु आफैले शब्द समेत भरेकी छन् । गायनमा भने मञ्जुलाई निरज श्रेष्ठले साथ दिएका छन् । गीतको संगीत, एरेन्ज र मिक्सिङ पनि निरज श्रेष्ठले नै गरेका छन् ।

होली विशेष गीतको भोडियोको निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् भने कोरियोग्राफि राजाराम सिम्खडाले गरेका छन् ।