मनमोहन मेमोरियल अस्पताललाई कारवाही - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मनमोहन मेमोरियल अस्पताललाई कारवाही



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ ।

अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ ।

विभागले सोमबार नर्भिक इन्टरनेशनल हस्पिटललाई बढी शुल्क लिएको आशङ्कामा तीन दिनभित्र कागजपत्रसहित विभागमा लिखित जवाफ दिन निर्देशन दिएको छ ।

त्यस्तै,आज नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै रु दुई लाख जरिवाना गरेको छ ।सो जरिवाना गरिएको विभागले जनाएको छ ।