प्रदेश २ मा निर्वाचनका लागि मनोनयन दर्ता सुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रदेश २ मा निर्वाचनका लागि मनोनयन दर्ता सुरु



 

काठमाडौं, २१ भदौं  – प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

निर्वाचन आयोगले १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनका लागि बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको समय छुट्याएको छ ।

स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउने छन ।

साँझ ५ बजेभित्र मनोनयन दर्ता गराएका उम्मेदवारको सुची साँझ साढे ५ बजे प्रकाशन हुनेछ । भोली बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीमाथि दावी–विरोधको उजुरी दिने समय छुट्याएको आयोगले, राती साढे ११ बजेसम्म मनोनयनको जाँच गर्ने जनाएको छ ।

तेस्रो चरणमा हुने चुनावमा १ महानगरपालिका, ३ उप–महानगरपालिका, ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ ।

ती तहमा ६ हजार ६ सय २७ जना जनप्रतिनिध चयनका लागि आजैबाट चुनावी प्रक्रियासमेत सुरु भएको हो । निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता सहभागी हुँदै छन् ।