मन्त्री नै चलाउँछन मेनपावर: पदको आडमा नीति नियम भाँडमा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मन्त्री नै चलाउँछन मेनपावर: पदको आडमा नीति नियम भाँडमा



असोज २७, काठमाडौं-

नेपालमा मेन पावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्ति को संलग्नता नौलो होइन ।

उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचको आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा मन्त्री समेत सामेल भएको नयाँ तथ्य फेला परेको छ ।

मेन पावर व्यवसायमा उच्च तहको व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माले मेन पावर सञ्चालन गरिरहेकी छन् ।

राप्रपा नेतृ समेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन् । आजको नागरिकमा खबर छ ।

बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन् ।