स्वास्थ्य मन्त्रालयले नै दियो गलत सुचना: कोरोना नभएकालाई पनि बनायो संक्रमित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

स्वास्थ्य मन्त्रालयले नै दियो गलत सुचना: कोरोना नभएकालाई पनि बनायो संक्रमित



काठमाडौं- कोरोना संक्रमण सम्बन्धि विवरणमा पटक पटक गलत सुचना दिएको आरोप लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजपनि गलत सुचना दिएको भेटिएको छ ।

मन्त्रालयले कोरोनाभाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएकालाई पनि पोजेटिभ भएको बताएपछि समुदायमै खैलाबैला भएको छ । मन्त्रालयले शुक्रवार रौतहटका थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा जानकारी गराएको थियो ।

मन्त्रालयले रौतहटको ईशनाथ नगरपालिकाको विभिन्न वडामा ५ जना र गुजरा नगरपालिकामा एकजना गरी शुक्रवार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।

तर रौतहटस्थित जिल्ला अस्पतालले स्वास्थ मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरण गलत भएको जनाएको छ । इशनाथका ५ जनामात्र संक्रमण पुष्टि भएको र गुजरा नगरपालिकाका संक्रमित भनिएका व्यक्तिको रिपोर्ट नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।

शुक्रबार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको कुल संख्या ३९२ पुुगेको छ । विवरणअनुसार अनुसार रौतहटमा सबैभन्दा बढी संक्रमित इशनाथमा रहेका छन् ।

आज शुक्रबार पनि ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार२७८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा आज नेपालमा थप २७८ जना संक्रमित थपिएको बताएको थियो। यसअघि बिहिबार हालसम्मकै सर्वाधिक ३३४ जना नयाँ संक्रमित थपिएका थिए ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या ६७ लाख भन्दा बढी पुगेको छ भने करिव ३ लाख ९३ हजार बढीको मृत्यु भैसकेको छ ।