मन्त्रीपरिषद बैठक बस्दै: विशेष निर्णय र घोषणा हुँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मन्त्रीपरिषद बैठक बस्दै: विशेष निर्णय र घोषणा हुँदै



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

सरकारले आज कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्न मन्त्रीपरिषद बैठक बोलाइएको हो।

अपरान्ह १ बजे नोभल कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बसेपछि मन्त्रीपरिषद बैठक बस्ने बताइएको छ ।

समन्वय समितिको बैठकले तय गरेका कार्यक्रमहरूलाई मन्त्रीपरिषद् बैठकले विशेष प्याकेज र घोषणा गर्ने तयारी गरेको श्रोतले जानकारी दियो ।