मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी



काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् ।

आज (शनिबार) ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनभित्र मन्त्रालय बाडफाँटको टुंगो लगाएर एक-दुई दिनभित्रै सरकारले पुर्णता पाउने बताएका हुन् ।

कायक्रममा बोल्दै मनत्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)की सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् ।