राप्रपाका उम्मेदवारले गरे मानुषी यमीलाई समर्थन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राप्रपाका उम्मेदवारले गरे मानुषी यमीलाई समर्थन



राष्ट्रिय प्रजातान्त्रिक पार्टीका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार कुमार श्रेष्ठले नेपाल समाजवादीकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

एक प्रेस नोट जारी गर्दै श्रेष्ठले मानुषीलाई चुनावमा समर्थन गर्ने जनाएका छन् ।

योग्य, सक्षमतावान र अध्ययनशिल महिला भएकाले आफ्नो र आफ्नो मतदातालाई समेत मानुषीलाई मत हाल्न आह्वान गर्ने बताएका छन् ।

मानुषी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर यस क्षेत्रबाट उम्मेदवार छिन् ।