माओवादी केन्द्र सहमतिबाट एक इन्चपनि पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : नेता रायमाझी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

माओवादी केन्द्र सहमतिबाट एक इन्चपनि पछि हट्दैन, मन्त्रीहरु फिर्ता बोलाइन्न : नेता रायमाझी



काठमाडौं, असोज ३० ।

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले नेपाली कांग्रेससँग भएको सहमतिबाट आफ्नो पार्टी पछि नहट्ने  बताएका छन । सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने पनि स्पष्ट पारेका छन ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचनसम्म साथ दिने प्रतिबद्धता जनाएका हौं ।

‘हामी र कांग्रेसबीच भएको प्रतिबद्धताअनुसार नै हाम्रा मन्त्री साथीहरु सरकारमा रहनुहुन्छ ।’ नेता रायमाझीले भने, ‘अहिलेलाई हामीले निर्वाचनसम्म साथ दिने निर्णय गरेका छौं ।’

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराउनुको उद्देश्य स्पष्ट नभएको भन्दै नेता रायमाझीले भने, ‘प्रधानमन्त्री शेरबहादुरजीले के गर्न खोज्नुभएको हो त्यो चाहीँ बुझिएन । उहाँले राख्न खोज्नु भएको हो कि, हटाउन खोज्नुभएको हो कि, विनाविभागीय बनाउन खोज्नुभएको हो कि, त्यो बुझ्न सकिएन, यदि उहाँले निर्णय लिनुभयो भने हामी पनि त्यहीअनुसार निर्णय लिन्छौं ।’

माओवादी नेता रायमाझीले भने, ‘हामी त सहमतिबाट एक इन्चपनि तल हुँदैनौं, तर प्रधानमन्त्रीले धोका दिनुभयो, उहाँले गलत गर्नुभयो ।’

उनले विचार र सिद्धान्त मिल्ने पार्टीहरुवीच धुव्रीकरण हुनु खुशीको कुरा भएको धारणा राखे । राष्ट्रको अबको लक्ष्य आर्थिक समृद्धि हाँसिल गर्नु भएकाले मुलुकमा धेरै पार्टीको आवश्यकता नरहेको उनको तर्क छ ।

नेता रायमाझीले भने, ‘वामपन्थी विचारधारा बोकेका पार्टीहरु मिल्नु खुशीको कुरा हो, यो मेरो लागि गर्वको विषय हो, यो राष्ट्रले अब एक सय वटा पार्टी धान्न सक्दैन । न त जनताले नै धान्न सक्छन् ।’