माओवादीको बैठक जारी, प्रचण्डले राखे यस्तो प्रस्ताव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

माओवादीको बैठक जारी, प्रचण्डले राखे यस्तो प्रस्ताव



काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो । बैठकमा अध्यख्सा पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव ल्याएका छन् ।

सरकारको समिक्षा गर्ने र अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने पक्षमा अध्यक्ष प्रचण्डले प्रस्ताव राखेका छन् ।

माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ । सत्ता गठबन्धनको केन्द्रको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन् ।

माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ। केहि राजनीतिक दलहरूसंग वार्ता समेत भैरहेको छ ।