बाम एकता पछि माअोवादी केन्द्र भित्र भाडभैलो, अलग पार्टीको घोषणा गर्ने तयारी ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बाम एकता पछि माअोवादी केन्द्र भित्र भाडभैलो, अलग पार्टीको घोषणा गर्ने तयारी !



काठमाडौं/असोज १८  ।

माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले उक्त पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजना समेत गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेर एमालेसँग विलय गरेको आरोप लगाउँदै केन्द्रीय आयोजक भेला घोषणा गरेको बताएका छन् । नेता किराँतीले प्रचण्ड समूहले गरेको एमाले विलयका विरुद्ध देशव्यापी भण्डाफोर गर्ने बताएका छन् ।

एमालेसँग चुनाव तालमेल र पछि एकता गर्ने निर्णयप्रति माओवादीका चार स्थायी समिति सदस्य गोपाल किराँती, मणि शर्मा, मातृका यादव र प्रभु शाहले असहमति जाहेर गरेका थिए ।

यस्तो छ किराँतीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ:

माओवादी क्रान्तिकारीहरु र पहिचान पक्षधर क्रान्तिकारी कमरेडहरुमा गम्भिर आह्वान

  1. मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।
  2. पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
  3. सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
  4. भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।
  5. चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।