माओवादीविरुद्ध माओवादीकै बागी उमेदवार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादीविरुद्ध माओवादीकै बागी उमेदवार



हिमाल पोस्ट /कात्तिक ७ 

५ नम्बर प्रदेशअन्र्तगत पर्ने पुर्वी रुकुमका प्रतिनिधिसभा तगा प्रदेशसभाका तिनवटै क्षेत्र वाम गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ ।

यद्यपि, सोही क्षेत्रमा माओवादीबाटै बागी उम्मेदवार खडा भएका छन् ।

पार्टी केन्द्रीय सदस्य तेजेन्द्र खाममगर र अर्का नेता पुनिराज घर्तीले आईतबार स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।

खाममगरले प्रतिनिधिसभामा र घर्तीले प्रदेशसभाको क्षेत्र क मा उम्मेदवारी दिएका हुन् ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा कमला रोकामगर र क्षेत्र क मा पुर्णबहादुर घर्ति उम्मेदवार छन् ।

गठबन्धनको तर्फबाट क्षेत्र ख मा तेजबहादुर ओली उम्मेदवार छन् ।, यो खबर आजकोनागरिकमा छ ।