बाबुराम र वामदेवका सर्तबारे छलफल गर्न माओवादीले बोलायो बैठक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाबुराम र वामदेवका सर्तबारे छलफल गर्न माओवादीले बोलायो बैठक



काठमाडौं- नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा सुरु हुनेछ ।

आजको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल हुने बताइएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

माओवादी केन्द्र स्थायी कमिटीको बैठक मंगलबार पनि बसेको थियो । सो बैठकबाट डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नो दलको चुनाव चिह्न दिएर निर्वाचनमा जान दिने निर्णय गरिएको थियो ।