माओवादी केन्द्रले थाल्यो २ नम्बर प्रदेशको चुनावको तयारी । - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माओवादी केन्द्रले थाल्यो २ नम्बर प्रदेशको चुनावको तयारी ।



 

१६ साउन, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा शक्ति केन्द्रित गरी अब हुने स्थानिय निर्वाचनमा पहिले भन्दा राम्रो चुनावी पारीणाम ल्याउन अभ्यास थालेको छ । अघिल्लो दुई चरणको निर्वाचनमा सोँचेअनुरुप परिणाम ल्याउन नसके पछि केन्द्रले आजदेखि २ नम्बर प्रदेशमा सक्रिय भएर लाग्ने भएको बताइएको छ ।

अब हुने तेस्रो चराणको २ नं प्रदेशको निर्वाचनमा सबै खाले रणनीतिक प्रयोग गरी राम्रो परिणाम ल्याउने उद्देश्यले माओवादी केन्द्रले आजदेखि जनकपुरमा प्रदेश स्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

उक्त प्रशिक्षण कार्यक्रममा ६ सय अगुवा कार्यकर्ताले सहभागिता जनाउने हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र केही नेताहरू सहभागी हुने उक्त कार्यक्रममा चुनाव जित्ने रणनीति बारे प्रशिक्षण गराइने छ भने अन्य स्थानमा पनि चराणबद्द रूपमा प्रशिक्षण गराइने बताइएको छ ।