माओवादी केन्द्रका नेताका कहाँबाट लड्दै छन् चुनाव ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादी केन्द्रका नेताका कहाँबाट लड्दै छन् चुनाव !



काठमाडौ, असोज १३।

अगामी मंसिरमा हुने प्रतिनिधिसभा (संघीय संसद) निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामको अन्तिम सूची तयार भएको उच्चस्रोत जनाएको छ ।

उम्मेदवार छनोटका लागि गठित कार्यदलले उम्मेदवारका नामवली तयार पारिसकेको छ । आगामी १६ गते बस्ने सचिवालय बैठकपछि उम्मेदवारको नाम सार्वजनिक गर्ने स्रोतले बताएको छ ।

नेता वर्षमान पुन नेतृत्वको कार्यदलले उम्मेदवारको सूची तयार पारेको हो । जसअनुसार प्रत्यक्षतर्फबाट चुनाव लड्ने शीर्ष नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन २, रामबहादुर थापा बादल चितवन १, नारायणकाजी श्रेष्ठ गोरखा २ बाट चुनाबमा प्रतिस्पर्धा गर्दै छन ।

त्यसैगरी नेता वर्षमान पुन रोल्पा, कृष्णबहादुर महरा दाङबाट चुनाबमा प्रत्यक्षतर्फबाट प्रतिस्पर्धा गर्ने छन । साथै अन्य शीर्ष नेताहरु पनि प्रत्यक्षतर्फबाटै चुनाब लड्न इभ्छुक देखिएका छन ।