माओवादी केन्द्रद्वारा निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माओवादी केन्द्रद्वारा निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव



काठमाडौँ, फागुन ८ 

नेकपा (माओवादी केन्द्र)ले निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।  सरकारको नेतृत्वसमेत गरेको माओवादी केन्द्रको शनिबार साँझ बसेको केन्द्रीय कार्यालय बैठकले त्यस्तो सुझाव दिएको हो ।

संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले तोकिएको समयमा चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी गराउनुभयो ।  माओवादी पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको मिति घोषणा र सविधान संशोधन विधेयक पारित गराउने काम सँगसँगै हुने कुराको जानकारी बैठकमा गराउनुभयो ।  अहिलेको वर्तमान अवस्थामा निर्वाचन जतिकै महìवपूर्ण संविधान संशोधन भएकाले चुनाव र संशोधन सँगसँगै लैजाने कुराको ‘ब्रिफिङ’ उहाँले बैठकमा गर्नुभएको प्रवक्ता भुसालले जानकारी गराउनुभयो ।

संशोधन विधेयक पारित भएपछि मधेशी मोर्चा चुनावमा भाग लिन्छ कि लिँदैन, त्यसको ग्यारेन्टी मोर्चाले अझै नदिएकाले चुनावको मिति घोषणा गरेर विधेयक पारित गराउने पहलमा सरकार लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले बताउनुभयो ।
राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै बैठकले स्थानीय तहको निर्वाचन निर्विकल्प भएको निष्कर्ष निकालेको छ ।  चुनावको मिति घोषणा गर्नुअघि अन्तिमपटक सत्तारूढ नेपाली काँग्रेस, मधेशी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक÷दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको सल्लाहकार बलदेवले जानकारी दिनुभयो ।