माओवादी केन्द्रको तेस्रो पार्टी स्कुल कार्यक्रम आजदेखी अर्घाखाँचीको सन्धिखर्कमा सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादी केन्द्रको तेस्रो पार्टी स्कुल कार्यक्रम आजदेखी अर्घाखाँचीको सन्धिखर्कमा सुरु



हिमाल पोस्ट /सन्धिखर्क, २१ माघ
नेकपा माओवादी केन्द्र जिल्ला सम्मेलन आयोजक समिती अर्घाखाँचीले आयोजना गरेको तेस्रो पार्टी स्कुल कार्यक्रम आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

शुक्रबार देखी आईतबार अर्थात ३ दिन सम्म चल्ने कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिलाराम आचार्यले ३ वटा मैन बत्तीमा दिप प्रजलन गरी एक समारोहमा विच उदघाटन गर्नुभएको हो ।

कार्यक्रममा दर्शन शास्त्र, राजनिती शास्त्र, योजना तर्जुमा, नेतृत्व विकास, स्थानीय निकाय, निर्वाचन प्रणाली, मिडिया सामाजीक सञ्जाल, अर्घाखाँचीमा कम्युनीष्ट आन्दोलनको ईतिहास लगायतका विषयहरूमा प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

कार्यक्रममा पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काको अध्यक्षता, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार विक किशोरको सञ्चालन, जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारीको सञ्चालनमा सम्पन्न भएको हो ।