माओवादी केन्द्र डाईनोसर लोप भए झैँ लोप हुने पक्का । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी केन्द्र डाईनोसर लोप भए झैँ लोप हुने पक्का ।



कर्ण अधिकारी।

पृथ्वीको जलवायू परिवर्तन सँगै आफ्नो स्वभाव र शरीरलाई जल वायूसंगै चल्न चलाउन नसक्दा अजीव प्राणी डाईनोसर यस धर्तीबाटै लोप हुनु परेको थियो भने नेपालको राजनीति काल खण्डमा भने माओवादी केन्द्रले आफ्नो नीति र व्यवहारलाई परिवर्तन गर्दै नेकपा एमालेसंग मर्ज हुने लक्षण देखाएका कारण हाम्रा भावी सन्ततिले माओवादी केन्द्रको नाम किताबी पानामा मात्र सीमित भएको पाउने छन्।यसरी एमालेमै पार्टीलाई बिलय गराउने हो भने १७ हजार नेपालीलाई किन बली चढायौ प्रचण्ड?तिमीमा त्यसको दिने जवाफ पक्कै पनि सहज छैन।माओवादी सत्ताका लागि साम,दाम,दण्ड भेद सबै प्रयोग गर्न माहिर छन्।जुन रणनीति लिएर माओवादी जन्मिएको थियो आज त्यो रणनीति पूर्ण रूपमा विफल भएको छ।

माओवादीले अहिले लिन लागेको निर्णयले माओवादी द्वन्द्ध कालमा युद्ध लडेका यौद्धाहरूको मन मस्तिष्कमा तुषारापात ल्याई दिएको छ।लडाकुको नाममा अर्बौ रुपैयाँ घोटला भएको कुरा कमरेड बाबुराम भट्टराईको मुखबाट सुन्न सकिन्छ।माओवादी र एमाले बिच हुन लागेको समिकरण केवल सत्ताको लागि मात्र हुन।कम्युनिस्टहरू जुट्नु र फुट्नुमा कुनै अर्थ राख्दैन।कमरेड बाबुराम भट्टराईले संविधान बने पछि दिएको अभिव्यक्तिमा अब माओवादी क्रान्ति पनि सकियो हामीहरू आर्थिक संवृद्धिका लागि आर्थिक क्रान्तिमा जुट्नु पर्दछ भनेर।बाबुरामले जे बोले यिनको बोलीमा दम रहेछ भन्ने कुरा आज प्रमाणित हुँदै छ।माओवादी क्रान्ति सँगै माओवादी केन्द्र पनि सकिने भो तर अब आर्थिक क्रान्ति चाहिँ हुन बाँकी छ।