माओवादी केन्द्र रुपन्देहीका सहसंयोजक पुरीको निधन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी केन्द्र रुपन्देहीका सहसंयोजक पुरीको निधन



रुपन्देही, असोज १ – माओवादी केन्द्र रुपन्देहीका सहसंयोजक नमराज पुरीको निधन भएको छ ।

विभिन्न संघसंस्थामासमेत आवद्ध ५९ वर्षका पुरीको मस्तिस्कघातका कारण काठमाडौंको न्यूरो अस्पतालमा शनिबार बेलुका ८ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका अर्का सहसंयोजक अनुप बरालले जानकारी दिनुभयो ।

देवदह ७, निवासी पुरीलाई गत मंगलबार आफनै घरमा बसेको बेला मस्तिस्कघात भएको थियो । भैरहवा मेडिकल कलेजमा उपचारपछि उहाँलाई थप उपचारका लागि काठमाण्डौ लगिएको थियो । पुरीका श्रीमती , २ छोरा र एक छोरी छन् ।