माओवादी केन्द्रको र्यालीमा बम बिस्फोट , ७ घाइते दुई जनाको अवस्था गम्भीर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी केन्द्रको र्यालीमा बम बिस्फोट , ७ घाइते दुई जनाको अवस्था गम्भीर



नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी र्याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको हो । अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए ।

बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६ दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।

घाइतेको पहिचान हुन सकेको छैन। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।