माओवादीमा पनि मन्त्रीहरू फेर्न दवाव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

माओवादीमा पनि मन्त्रीहरू फेर्न दवाव



नेकपा(माओवादी केन्द्र) भित्र मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओवादीभित्र पनि मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको हो ।

सो पार्टीका नेता नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरू उठिरहेको खुलासा गरेका हुन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए । नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको उनको भनाइ छ ।

‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन’, उनले भने, ‘तर, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । काँग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ । यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’