माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा



काठमाडौं/असोज २७ 

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन्।

थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग, सहरी विकास र आपूर्ति मन्त्रालय पनि राप्रपाले पाउने भएको छ। कांग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चामा सहभागी भएपछि राप्रपा सरकारमा जाने निश्चित भएको हो।

थापासहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ। राज्यमन्त्री रुपमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराई पनि सरकारमा जाँदैछन्।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट संख्यामा कुरा मिलेपछि राप्रापाले केही दिनअघि सरकारलाई समर्थन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो। यसअघि राप्रपा प्रजातान्त्रिकले सर्मथन गर्दै सरकारमा सहभागी भएको थियो।

संघीय समाजवादी फोरम र राजपा समेत मोर्चामा सहभागी भएपछि सरकार ३०२ सांसदको समर्थनमा पुग्ने आँकलन भएपछि थापालाई सरकारमा ल्याउन लागिएको हो।

थापालाई उप र गृह दिने भएपछि बिहानै पार्टीको कार्यसम्पादन समिति बैठक राखी पत्र तयार गरिएको थियो। एमालेले वामपन्थी मोर्चा निर्माण गरेपछि नेपाली कांग्रेसले थालेको नयाँ मोर्चा निर्माणको पहल अन्तर्गत राप्रपासँग सहमति भएको हो।