माओवादी केन्द्रले सर्वोच्चको फैसला नमान्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माओवादी केन्द्रले सर्वोच्चको फैसला नमान्ने



काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको निर्णय अस्वीकार गरेको छ । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने विषयमा पुनरावलोकन नहुने स्पष्ट पारेको थियो ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले आदेशको पुनरावलोकन नगर्ने निर्णय राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको बताएका छन् ।

उनले अदालतको निर्णयप्रति असहमति राख्दै देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएका छन् ।

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो । यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ । अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ । जागौं’, उनले भने ।

प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको थियो ।

गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो ।