माओवादी केन्द्रको कार्यालय नजिकै शंकाष्पद वस्तु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माओवादी केन्द्रको कार्यालय नजिकै शंकाष्पद वस्तु



ललितपुरको जावलाखेलमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय नजिकै राखिएको शंकाष्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

आज बिहान त्यहाँ प्रेसर कुकर बम जस्तै शंकाष्पद वस्तु भेटिएको थियो । उक्त वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बड डिस्पोजल टोली बोलाइएको थियो ।

सेनाले उक्त बस्तु निश्क्रिय पार्ने क्रममा बम नरहेको पुष्टि भएको ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए ।

गए राति काठमाडौंको बूढालीनकण्ठ र हाँडीगाँउमा भेटिएका बम सेनाले डिस्पोज गरेको थियो ।