माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकताको तयारी



नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच आजदेखि औपचारिक सम्वाद सुरु भएको छ ।

दुई पार्टीद्वारा गठित वार्ता समितिहरूको आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो बैठक बस्यो ।

हिजोको वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत बिभिन्न वैचारिक राजनीतिक विषयमा छलफल हुनुको साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरू आदानप्रदान गरिएको छ ।

आजको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको छ । आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको थियो ।