ठूला नेता हारेपछि माओवादीमा तनाव- नेताहरूले दिन थाले भटाभट राजीनामा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ठूला नेता हारेपछि माओवादीमा तनाव- नेताहरूले दिन थाले भटाभट राजीनामा



ठूला नेताले चुनाव हारेपछि माओवादीमा तनाव उत्पन्न भएको छ । माओवादी केन्द्रका नेताहरूले राजिनामा दिन थालेका छन् ।

यस्तैमा ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पलबाट राजीनामा दिएका हुन् ।

उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बुझिएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने ललितपुर २ प्रदेशभा (१) मा हरि दाहाल ३ (१) मा राजकाजी महर्जन पराजित भएका थिए ।

कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन हुँदा पनि उनीहरू पराजित भएका थिए ।​ भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित हुँदा दाहाल र महर्जनलाई एमाले उम्मेदवारले हराएका थिए ।